काठमाडौँ – शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मान काभ्रे प्रेस कर्मी दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विगत लामो समय देखि भण्डारी काभ्रे प्रेसमा आवद्ध छन् । पत्रकारिता क्षेत्र बाट गित संगित क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देनको हातबाट पत्रकारिता सम्मानबाट सम्मानित भएका हुन् ।

उक्त म्युजिक अवार्डमा देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनु हुने अग्रज देखि अनुजसम्मलाई अवार्ड तथा सम्मानद्वारा सम्मानित गरिएको छ।

विशिष्ट अतिथि स्रष्टा सम्मान र सञ्चारकर्मी लगायत पत्रकार सम्मान गरेसँगै ३५ विधामा रहेर म्युजिक अवार्ड प्रदान गरिएको छ। म्युजिक अवार्डमा १६ वटा विधामा गोलाप्रथाबाट उत्कृष्ट विजेतालाई अवार्ड प्रदान गरिएको छ भने बाँकी विधामा जुरी मार्फत अवार्ड प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र