ट्राफिक प्रहरी “सडक सुरक्षा विशेष अभिमुखीकरण कार्यक्रम” सम्पन्न

 

बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा ट्राफिक प्रहरी प्रभाग बुढानीलकण्ठको सहकार्यमा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथि र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशहपथका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको सभा अध्यक्षतामा “सडक सुरक्षा विशेष अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ ।

बिज्ञापन

बुढानीलकण्ठ पार्टी प्यालेसको सभा हलमा ट्राफिक प्रहरी प्रभाग बुढानीलकण्ठको वडा एरिया अन्तर्गत चल्ने सार्वजनिक सवारी साधनका चालक, यातयात व्यावसायी संघका प्रतिनिधि, नेपाल यातयात स्वतन्त्र मजदुर संगठन, नेपाल अटो पार्ट समिति, विद्यालयका चालक तथा प्रधानाध्यापकहरु समेत गरी जम्मा २२० जनाको उपस्थितिमा “सडक सुरक्षा विशेष अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको ।