
काभ्रेपलाञ्चोकको बनेपास्थित सिद्धार्थ स्कुल / कलेज ले एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा यस वर्ष ४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीसहित उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।


कार्यक्रममा विद्यार्थीहरुको मेहनत, अनुशासन र सफलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि शिक्षाबिद् डा. चन्द्रप्रसाद लुइँटेल, विद्यालयका संस्थापक ज्ञान बहादुर केसी, प्रिन्सिपल गुञ्जप्रसाद लुइँटेल तथा सहायक प्रिन्सिपल सुधीर न्यौपाने लगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।
विद्यालयले उत्कृष्ट नतिजासँगै गुणस्तरीय शिक्षामा आफूलाई स्थापित गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थी केन्द्रित शैक्षिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।

