‘कमेडी दरबार’ टिमले अस्ट्रेलिया टुर गर्ने

काठमडौं, पुस १९ ।

कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ को टिमले अस्ट्रेलिया टुर गर्ने भएको छ । उक्त टुरका लागि आयोजक, चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालबीच कागजी सम्झौता भएको छ ।

निर्देशक बस्नेतले कमेडी दरबारको टिमसँग अस्ट्रेलिया टुरका लागि कागजी सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकारहरूको सहभागिता रहनेछ । आगामी फेब्रुअरी महिनाको मध्यतिरबाट सुरू हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ । टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासल लगायत करिब आठ वटा सहरमा कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले जानकारी गराउनुभयो ।

बिज्ञापन

कार्यक्रमको तयारीका लागि शोभित बस्नेत छिट्टै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ । यस कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छ ।

यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।