काभ्रे / जिल्लाको खानिखोला गाउँपालिकामा ५ करोडको लागत आर सि.सि भवन दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै । वडा नम्बर ५ ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसंगै खुवालाई ब्रान्ड बनाउने उद्देश्यले उद्योगको निर्माण गर्न लागेको छ ।
खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा स्थापना गर्न लागिएको दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए ।

स्थानीय किसानहरुको आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्ड बाहिर देशमा समेत निर्यात गर्ने हेतुले यस उद्योग निर्माणसंगै स्थानीय किसानलाई खुवाको ब्रान्डसंगै राम्रो मुल्यको व्यवस्थापन गर्नका निमित्त उद्योग स्थापना गर्न लागेको हो ।

आफ्नै खुवा उद्योगको लगानीमा दुधको खुवा बनाउने उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाको व्यवस्थापक निर्मल लामाले बताइन् । उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण तथा सामग्री धमाधम आयात भइरहेको छ ।
उहाँका अनुसार उद्योगको कूल लागत हाल ५ करोड रहेको छ भने आवश्यकता अनुसार थप्दै जाने जनाएको छ ।
उनका अनुसार यो व्यवसायीलाई थप अनुदान खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
अहिले खानिखोलामा खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व-पश्चिम सम्म हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ।

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि अहिले बजार पनि पाउन थालेको हो। दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ। खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ। यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको लामाले बताउँछन्। यसले देश तथा पालिकाको अर्थतन्त्रमा पनि ठूलो हिस्सा जोडेको छ।
आफ्नो परिश्रममा विश्वास राख्ने मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उनले यही पेशालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहनु भएको छ। पहिला प्रति केजी  रु ६०० सय सम्म खुवा बेचेको अहिले खुवाको मूल्य प्रतिकेजी रु ९०० सय रुपैयाँ पुगेको छ ।
खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालन र गाईपालन बराबरी रहेको छ । कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध एकदम राम्रो मानिन्छ ।
यो पेशाले साँच्चै नै व्यावसायिक क्रान्तिमा छर्न सकिन्छ । भन्ने उदाहरण बनेका छन् ।
छिमेकी गाउँपालिका बेथानचोक र ललितपुरको बागमती गाउँपालिकामा खुवाको प्रती धार्नी रु १४०० सयमा बिक्री बितरण भएको देखिन्छ । तर यहि खानिखोलामा भने त्यही खुवालाई रु ९०० सयमा बिक्री बितरण भइ आएको स्थानीयहरुको भनाइ रहेको छ । खानिखोला खुवा उद्योग संन्चालन भए पश्चात् खानिखोला ब्रान्ड खुवा र किसानले अरु गाउँपालिकाको बराबर मुल्य पाउने र दिने उद्योग संन्चालक लामाले बताइन ।
खानिखोलामा महिनामा रु १० हजार धार्नी खुवा उत्पादन हुने गरेको पाइन्छ । तर अरु पालिकाको तुलनामा रु ५०० सय कम मुल्यमा बिक्री भए पश्चात् महिनामा रु ५० लाख बराबरको घाटामा खुवा बिक्री भएको छ । यो घाटाको मध्यनजर गर्दै स्थानीय किसानलाई राम्रो मुल्य दिलाउनका निमित्त यो उद्योगको स्थापन गर्न लागेको हो । यो उद्योग निर्माणकार्यका लागि खानिखोला गाउँपालिका सरकार र वडा सरकारको अतुलनीय भुमिका र सहयोग रहेको छ ।

अबको योजना छिमेकी जिल्ला मकवानपुर ,सिन्धुली , खानिखोलाका सातै वडाबाट ५ हजार देखि ७ हजार दुध संकलन गरी आधुनिक करण मेसिनबाट खुवा बनाउने र दुधको चिसियान केन्द्रको समेत स्थापन गर्ने खानिखोला खुवा उद्योगको रहेको छ ।
यस उद्योगमा दुधबाट बन्ने सबै प्रकारका परिकार बन्ने र खानिखोलाका स्थानीय किसानलाई सहज र सजिलो राम्रो मुल्यको दिने ब्रान्ड खुवाको रुपमा खानिखोलालाई चिनाउने यस उद्योगको प्रतिबद्धता रहेको छ ।

एउटा भैँसीको लगभग डेट लाख रुपैयाँ सम्म पर्दछ। किसानले यति ठूलो खर्च गर्न मुस्किल देखिन्छ । त्यसैले यहाँका खुवा व्यवसायी किसानलाई स्थानीय सरकार खानिखोलाले ५० % अनुदानमा १० वटा भैंसी बितरण गरिसकेको छ ।
पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ। यो पेशामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ। खानिखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ आगामी ६ महिनाभित्रमा खुवा उद्योग सञ्चालन हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र