काभ्रेपलान्चोक – विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार बनेपामा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला संयोजक प्रविन मानन्धर एबम सुशील सैंजुको समन्वयमा रोयल लाउन्ज बारमा भएको थियो ।

बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश वादे, नायिका तलिषा गुरुङ, नायक एबम मोडेल जीवन गिरि, सुरजराज गिरि, हास्य कलाकार प्रताप हुमागाईं संगै पत्रकार अरविन्द्र गौतमको उपस्तिथी रहेको थियो । उक्त कार्यक्रमको ताज गिरिष्मा अधिकारीले पहिरन सफल भएसंगै पहिलो स्थानमा लसता श्रेष्ठ र दोस्रो स्थानमा सुजाता बिसुनकेले ताज हासिल गरेका छन।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा असार ९ गते अडिसन रोयल लाउन्ज बारमा भएको थियो ।

कार्यक्रम एलएण्डएन मोडल एजेन्सीले आयोजना गरेको छ । २३ जनाको सहभागी बाट सुरु भएको प्रतियोगिताको फाइनलमा १० जना पुगेको निर्देशक नितिन कायस्थले जानकारी दिए।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा ‘काभ्रे फेस्ट सिजन ४’ एउटा सुनौलो अवसर रहेको सहभागीहरुले बताएका छन् ।

प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..