नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको दोस्रो दिन ल्याव स्कुल किर्तिपुर, नेपाल पुलिस स्कुल धरान र नेपाल पुलिस स्कुल टिम ए विजयी भएका छन्।

आज भएको पहिलो खेलमा ल्यावरोटरी स्कुलले काष्ठमण्डप स्कुललाई ८ – ३ गोल अन्तरले पराजित गरेको छ। विजयी टिमका विज्ञान खड्का म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३ – १ गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच पुलिस स्कुल धरानका प्रवेश तामाङ घोषित भए।

आज भएको तेस्रो खेलमा आयोजक नेपाल पुलिस सांगाले रामभक्त स्कुल बनेपा विरुद्ध ६ – ० को सहज जित निकालेको छ । बिजयी टिमका निश्चल मगर म्यान अफ दि म्याच घोषित भए।
भोलीको खेलमा नेपाल पुलिस स्कुल सामाखुसिले स्रि्धङ हिल स्कुल नाला, जेम्सले वुढानिलकण्ठ स्कुल र एपिएफ स्कुलले सैनिक महाविधालय सल्लाघारीको सामना गर्ने छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..