काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका नयाँ इन्चार्ज प्रहरी निरीक्षक सुनिल धाँजुले ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रहरी निरीक्षक धाँजुले पत्रकारसँगको अन्तरकृयामा ट्राफिक व्यवस्थापनका लागि सचेतना फैलाउने र ट्राफिक सम्बन्धि विद्यमान कानुन कार्यान्वयनका लागि सक्रिय रुपमा लाग्ने बताएका हुन् ।

उनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई प्राथमिकता दिएर अघि बढ्छु, अहिले म ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदै गरेको बताए ।

ट्राफिक इन्चार्ज धाँजुले जनचेतना मुलक कार्यक्रम अन्तर्गत शिक्षण संस्था र यातायातसंग सम्बन्धित क्षेत्रमा ट्राफिक सम्बन्धि नीति नियम सम्बन्धि सचेतना फैलाउने तथा सवारी साधनको चेकिङ्गदेखि मेकानिकल जाँच, पार्किङ्ग व्यवस्थापन लगायतका कार्यलाई प्रतिक्रियात्मक अर्थात रिएक्टिभ रुपमा गरिने जानकारी दिए ।

काभ्रे जिल्लाभर ४० जना ट्राफिक प्रहरी छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly