पश्चिमी वायुको प्रभाव कायम, पहाड–हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायम रहेकाले देशका केही पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा विशेषगरी प्रभाव देखिने विभागले बताएको छ।

हालै बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण देशभर वर्षा–हिमपातसँगै जनजीवन प्रभावित भएको थियो। मनाङको तिलिचो आधार शिविरमा फसेका १३ पर्यटकलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित उद्धार गरेको थियो।

बिज्ञापन

कात्तिक १५ देखि १६ गतेसम्म देशभरका ३०१ मापन केन्द्रमध्ये १८५ केन्द्रले उल्लेख्य वर्षा रेकर्ड गरेका छन्। लमजुङको बेंसीशहरमा सबैभन्दा धेरै ७१.१ मिमि वर्षा मापन गरिएको विभागले जनाएको छ।