कोशी प्रदेश प्रहरी कार्यालयमा डीएसपी जैसवाललाई बिदाइ–सम्मान

 

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा काज सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण जैसवाललाई औपचारिक बिदाइ तथा सम्मान गरिएको छ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक पोखरेलले डीएसपी जैसवालले कार्यकालभर पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी व्यक्तिगत तथा व्यवसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गरे।

नेपाल प्रहरी प्रधान कार्यालयको पत्र अनुसार डीएसपी जैसवाल बागमती प्रदेशमा काज सरुवा भएका हुन्। विराटनगरमा रहँदै उनले देखाएको नेतृत्व, अनुशासन र सक्रियताको उच्च मूल्याङ्कन गर्दै कार्यालयले विशेष धन्यवादसमेत व्यक्त गरेको छ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहित सिनियर–जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।