मेष
नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
खर्च लागे पनि दिगो आय स्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्चको तुलनामा कम मात्र फाइदा हुने समय छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको सम्भावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ । अनावश्यक जमघटले काममा बाधा पुर्याउला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याएपनि इच्छा शक्ति एवम् मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैँया पैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..