काभ्रेपलान्चोक – निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा नगर स्तरीय लोकनृत्य प्रतियोगिता बुधबार अरनिको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विद्यासागर इंग्लिस सेकेन्डरी स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी द्धितीय, प्रगति प्रभात एकेडेमी तृतीय, स्प्रिङहिल इंग्लिस बोडिङ्ग स्कुलले सान्त्वना पुरस्कार पाए भने भर्सटाइल डान्स ग्रेसल्याण्ड सेकेन्डरी स्कुलले प्राप्त ग¥यो ।

गेष्ट पर्फमेन्स इशा मेमोरियल स्कुल र अर्किड इन्टरनेशनल स्कुलले राखेको उक्त कार्यक्रममा अजोन थिङ र सुमित्रा खड्का निर्णायक हुनुहुन्थ्यो । प्याब्सन बनेपा नगर समितिका अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य चन्द्र प्रसाद ताजपुरियाले स्वागत मन्तव्य, कार्यक्रम सञ्चालक बनेपा प्याब्सनका सचिव शरणकुमार मानन्धरले कार्यक्रमको बारेमा विस्तृत जानकारी राख्नुभएको कार्यक्रम संयोजक एवं इसा मेमोरियल स्कुलका प्रवन्ध निर्देशक नारायण जोशीले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक जोशीले अरू पनि यस्तै कार्यक्रम धेरै भएकोले विद्यालयलाई उत्साह तथा फाइदा हुने कार्यक्रम गर्दै जाने जानकारी दिनुभयो ।

नगर स्तरीय लोकनृत्य प्रतियोगितामा तलका निम्न २० वटा विद्यालयको सहभागिता रहेको थियो ।

१, काभ्रे मा.बि
२, ज्ञानज्योती इंलिश सेकेन्डरी स्कुल
३, प्रगती प्रभात एकेडेमी
४, ज्योती एकेडेमी
५, एनोभेटिब एकेडेमी
६, स्प्रिङ हिल सेकेन्डरी स्कुल
७, क्षितिज इंलिश सेकेन्डरी स्कुल
८, नाइटेंगल इंलिश सेकेन्डरी स्कुल्
९, लिन इन्टरनेशनल बोर्डिङ स्कूल
१०, एभरेष्ट एकेडेमी
११, अर्किड इन्टरनेशनल एकेडेमी
१२, इसा मेमोरियल स्कूल
१३, लिंकन स्कुल
१४, सिद्धार्थ स्कुल एण्ड कलेज बनेपा
१५, विद्या सागर इंलिश सेकेन्डरी स्कुल
१६, बालबटिका विद्या मन्दिर स्कुल
१७, ज्ञानसरोबर इंलिश सेकेन्डरी स्कुल
१८, ग्रेसल्यान्ड सेकेन्डरी स्कुल
१९, ए.बि.एम. स्कुल
२०, ज्ञानकुन्ज शैक्षिक प्रतिस्थान

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..