काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ । किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या व्यहोर्नुपरेको अवस्था रहेको भन्दै गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्धेश्यले सो तालिम दिन शुरु गरेको हो ।

तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकासमन्त्री बसुन्धरा हुँमागाईले कृषि क्षेत्रको विकासको निम्ति सम्भावनाको खोजी गर्दै ५५ बुँदे मार्गचित्र बनाएर अगाडी बढिरहेको बताउनुभयो । जसमध्ये प्रांगारिक मल, जैविक मल र गड्यौला मल उत्पादन र व्यवस्थापन गर्ने गरी बजेटको समेत व्यवस्थापन गरेको उहाँको भनाई छ।अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपजहरु पाउन गाह्रो भईरहेको अवस्थामा स्वस्थ जीवन बाँच्नका लागि पनि आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि बजेटको समेत व्यवस्था गरी किसानलाई अर्गानिक कृषि उत्पादनतर्फ अग्रसर गराउन जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताउनुभयो ।

कार्यक्रममा भुम्लु गाउँपाकिलाका उपाध्यक्ष जितेन्द्रमान तामाङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै सहभागिहरुले सिकेको कुराहरु गाउँ–गाउँमा गएर अरु किसानहरुलाई पनि सिकाउन आग्रह गर्नुभयो । सो क्रममा सहभागिहरुलाई प्रशिक्षक शंकर पाण्डेले मलको उत्पादन, प्रयोग र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा गाउँपालिका भित्रका प्रत्येक वडाबाट दश जना किसानको सहभागिता हुनेगरी एक सय जना किसानलाई मल बनाउने विधि सिकाएको छ ।

मुख्य खेती कृषि भनेता पनि उत्पादनलाई व्यवसायिकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायिकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको गाउँपालिकाले जनाएको छ । तालिममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति सदस्य कलमराज गिरी, गाउँपालिका निबर्तमान उपाध्यक्ष कल्पना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रुपक अधिकारी, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति लगायतले जैविक मल उत्पादन र त्यसको उपयोगिताको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..