बनेपा – काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा एमालेको भुम्लु गाउँ कमिटीले पहिलो चरण अन्तर्गत १० वटै वडामा वडास्तरीय विस्तारित बैठक सम्पन्न गरेको । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य नारायण सिलवालको प्रमुख आतिथ्यतामा भुम्लुको १० वटै वडामा बैठक सम्पन्न भएको हो ।       

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको भुम्लु पालिकामा पहिलो चरणको अभियान सम्पन्न भएको हो । मिसन ग्रासरुट अन्तर्गत कार्यक्रममा प्रदेश कमिटी सदस्य चुडामणि गौतम र राजकुमार श्रेष्ठ, भुम्लु पालिका इन्चार्ज तथा सचिवालय सदस्य प्रेम लामा, जिल्ला सदस्य कल्पना श्रेष्ठ, रमेश लामा, टिकाराम लामा, पालिका कमिटी का. अध्यक्ष लोक बहादुर कुँवर लगायतको उपस्थितिमा पहिलो चरणको मिसन ग्रासरूट अभियान सम्पन्न भएको हो ।                               

भुम्लु गाउँपालिकाको १० वटा नै वडामा मिसन ग्रासरूट अभियानमा स्थानीयको उत्साहजनक सहभागितामा सम्पन्न भएको नेकपा एमाले निकट श्रोतले बताएको छ । विकृति विसंगति बिरुद वाक्क भएको जनता नेकपा एमालेको कार्यक्रम भने पछि उत्साह पुर्ण सहभागितामा अभियान सम्पन्न भएको एमाले निकट श्रोतले बताएको छ । दोश्रो चरण कार्यक्रम अन्तर्गत पुर्ण नरहेका वडा कमिटी लाई पुर्ण गरि चलाएमान बनाउने बताइएको छ । 

उता भुम्लु काठमाडौं सम्पर्क मचमा पनि उत्साहजनक सहभागितामा
मिसन ग्रासरूट अभियान गरिएको थियो । भुम्लुले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

भुम्लु गाउँपालिका वडा न ७ समृद्धिको यात्रामा Documentary Bhumlu Gaupalika Oda No 7 Phalate वृतचित्र