काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ट्राफिक व्यवस्थापनका गर्न विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ ।

आउदै गरेको बडा दशै र शुभ दिपावली लाई मध्यनजर गर्दै सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्दा, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले स्वयंसेवक परिचालन गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

जिल्ला ट्राफिक प्रहरीले people’s multiple campus , ज्ञान कुञ्ज कलेजका विद्यार्थी लगायत काभ्रेका अन्य बिधालयका राष्ट्रिय सेवा दलका विद्यार्थीलाई प्रशिक्षण दिई सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक, जक्सन, जेब्रा क्रसिङमा परिचालन गरेको हो ।

काभ्रेको मुख्य बजार धुलिखेल, बनेपा, पनौतीमा चाड पर्व लाई मध्यनजर गर्दै बढी सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको सिलवालले बताउनु भयो ।   

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..