अमेरिका
अमेरिका मेरिल्यान्डको वाल्टिमोरमा पहिलो पटक छायाँकन गरिएको तिज गीतको छायांकन सार्वजनिक भएको छ । गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक हो । गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ ।

परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पाएपनी माइती घरमा नभएका कारण दुख पाएको कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बावुल गिरीले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम स्वेत रसाईलीले गरेका छन् । पशुपती बस्यालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रियङका कार्की , शिवहरी पौडेल , खेम शर्मा र रुवी पौडेलको अभिनय रहेको छ ।

गीतमा अन्जु थापा, रक्षा वाँनिया ईशा गुरूङ पुनम थापा सम्झना पहारी लगायत वाल्टिमोरका दिदीवैनीले नाचेर साथ दिनु भएको थियो । गीतमा वाल्टीमोर मेरिल्यान्डका मगर समाज तमु समाज कास्की समाज म्याक्दी ,पर्वत ,वाग्लुगं समाज पाल्पाली संगम मेरिल्याडका दिदी बहिनीको वाक्लो उपश्थिती रहेको थियो ।निर्देशक शिव वि क ले निर्देशन गरेको उक्त गीतलाई छायांकन भने पवन गौतम र पशुपति वस्यालले छायंकन गरेका थिए ।छायंकन स्थलमा नमस्ते ईभेन्टको सजावट र रमेश श्रेष्ठ को फोटो ग्राफी देख्न सकीन्थ्यो भने व्यवस्थापनमा खिम मस्रंगीलाई भ्याई नभ्याई थियो । सुटिङ स्थलमा उपस्थित वरिष्ठ निर्देशक गोपाल चन्द्र लामिछाने , नायक राहुल के सी , वाना संस्थापक अध्यक्ष मोहन थापा एनआर एनए मेरिल्यान्डका नव निर्वाचित अध्यक्ष कुल गुरूङ, नायक प्रवेश उप्रेती , बरिष्ठ पुर्वेली लोक गायक राजु ढंगेलको पनि अभिनय रहेको थियो ।

’हाई भन्यो मायाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly