गीत संगीत को लामो अनुभव गर्दै गीत संगीत मै दौडिरहेका थापा आज भोलि पनि गीत संगीत मै व्यस्त देखिन्छन्। यस्तै सर्जक सम्भु नेपाल पनि यस्तै शिलशिलामा देखिन्छ । यसलाई मध्यनजर गर्दै संगम थापा र सम्भु नेपाल को प्रस्तुति मा “एउटै मुटु” भिडियो सहित बजारमा सार्वजनिक भएको छ । उक्त गीतले पनि अघिल्लो गीत संगीत जस्तै आफ्नो दर्सक स्रोताहरुलाई मनोरञ्जन दिँदै चर्चा कमाउदै आएको देखिन्छ। र संञ्चार माध्यममा पनि उतिकै गुञ्जने गरेको देखिन्छ। संगम थापा सारदा रसाईली र कोपिला वाइवा को सुमधुर आवाज मा रहेको उक्त गीत सम्भु नेपाल को मन छुने शब्द सिर्जना र रामजी थाको संगीत सिर्जना मा सकिएको छ ।

म्युजिक भिडियो मा अनु पराजुली, उमेश भट्ट,र अभिषेक सुनार को धमकेदार अभिनय रहेको छ भने उनेश कार्की को कथा निर्देशन रहेको छ । सरोज साहिको छायांकन र रोशन धिताल को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ  । एसिया म्युजिक नेपाल को अफिसियल युट्युब बाट बजार मा सार्वजनिक भएको छ ।

पुरा भिडियो…..

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..