काभ्रेपलान्चोक – काभ्रे प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । उनीहरूलाई बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरबाट प क्राउ गरिएको हो । जुवा तास खेली रहेको भन्ने बिशेष सुचनाको आधारमा गएको पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरको अण्डर ग्राउण्डको कोठामा तास लेखिरहेको उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका १० जनागालका २८ बर्षीय कृष्ण केसी, रोशी गाउँपालिका ३ साजाकोटका ३५ बर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका ११ पाकु टोलका ४४ बर्षीय सुमन अधिकारी, बनेपा नगरपालिका १४ साँगाका ४० बर्षीय गणेश थापा रहेका छन् । त्यस्तै बनेपा नगरपालिका ७ धनेश्वर का ४२ बर्षीय अनिल मुस्याजु, रोशी गाउँपालिका ३ शिखर आम्बोटेका ३४ वर्षीय हिरा लामा, रोशी गाउँपालिका १ घरभै बनेपा नगरपालिका ७ बस्ने ३७ बर्षीय चन्द्र लामा स्याङताङ रहेका छन् ।

त्यस्तै रोशी गाउँपालिका ३ घर भै हाल बनेपा नगरपालिका ८ बस्ने ३५ बर्षीय थर्कमान लामा, बनेपा नगरपालिका ६ बस्दै आएका २६ बर्षीय किशोर अधिकारी, धुलिखेल नगरपालिका १० सारदाबतासेका ३४ बर्षीय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ९ का ३४ बर्षीय दिपक बस्नेत रहेका छन् । उनीहरुको साथबाट नखोलेको तास ३ बट्टा, खोलेको ११ बुक र तन्ना १ थान पनि बराबद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो