आजभन्दा झण्डै १५ बर्ष अघि नेपालका सबैजसो एफएम रेडियोबाट एउटा विकासे गीत खुव बज्ने गथ्र्यो–कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो ? विकासका अवसरबाट पछाडि पारिएको वर्गलाई लक्षित गरि बनाइएको गीतमा शक्तिबल्लभको संगित तथा आनन्द कार्की र माण्डवी त्रिपाठीको आवाज सुन्न सकिन्छ । रमेश दहाल यस गीतका रचनाकार हुन् ।

सामाजिक विषय बस्तुलाई समेटेर लेखिएको यो गीत उनको मौलिका गीत हो । गीतले एक छाक खान नपाएका गरिव परिवारको कथा, नजिक विद्मालय नभएकोले साना साना नानीहरुको पढाई प्रभावित भएको प्रसंग, समयमा स्वास्थ्य जाँच गर्न नपाएर विभिन्न स्वास्थ्य समस्या आइपरेका कथा यो गीतमा लेखिएको छ । अझै पनि हाम्रा गाउँहरु मोटरबाटोले जोडिएका छैनन् र झोलुँगे पुलको अभावमा मानिसहरुको सामाजिक जीवन अस्तब्यस्त भएको कथा गीतमा पोखिएको छ । पितृसतात्मक नेपालमा अझै पनि महिला दिदी बहिनीहरु सकृय राजनीतिमा छैनन् । अझै पनि दलित बर्गका दाजुभाईहरुले उद्मोग धन्दा खोल्न सकेका छैनन् । गीतले यी सबै विषयबस्तुलाई उजागर गरेको थियो ।

बिषयको गम्भीरयतालाई हेरेर यो गीतलाई नेपाल स्विस सामुदायिक बन परियोजनाले रेकर्ड गरि भिडियो बनाएको थियो । यो गीत अत्यधिक बज्न थालेपछि हरेक गाउँगाउँमा र हरेकको ओठओठमा यो गीत गुन्जीयो । गीतको बारेमा खास गरि विकास र सामाजिक समावेशिकरणका क्षेत्रमा काम गरिरहेका विज्ञहरु माझमा यो गीतले उठाएका प्रसंगमा ब्यापक छलफल गरायो । साधारण दिदीबहिनीहरु समेत यो गीतले उजागर गरेका विषयमा चासो राख्न थाले जसले गर्दा राजनीतिमा आफ्नो पहुँच हुनुपर्ने अडान लिन थाले ।

गीतको ब्यापकता नेपालका सबैजसो भुभागमा फैलियो भने हरेक तह र तप्काका स्रोताहरुले गीतलाई मनन गरेको देखियो । फलस्वरुप हरेक तहका राजनीतिमा महिला तथा दलितहरुको उपस्थीत हुन थाल्यो । विकासका योजना बन्दा गीतले उजागर गरेका समस्यालाई पनि हेरिन थाल्यो । आज आएर हरेक तह र तप्कामा महिलाको उपस्थिति उल्लेख्य रहेको छ । दलित तथा जनजातीले विभिन्न अवसर पाएका छन् । समाजमा धेरै कुराहरु परिवर्तन भएको देखिन्छ ।

एउटै गीतले समाजमा यती धेरै सकारात्मक परिवर्तन ल्याएका विश्वमा पनि धेरै उदाहरण छन् तर हाम्रो जस्तो समाजमा गीतले पारेको यो प्रभाव उदाहरणिय हो । यस गीतले लैगिकता तथा सामाजिक समावेशिकरणका क्षेत्रमा परम्परालाई तोड्न योगदान दिएको छ । देशकै राजनीतिक परिवर्तन पछि उठेका धेरै समस्या समाधानमा गीतले समेत प्रभाव पारेकोले यो गीत निकै सफल भएको पनि मान्न सकिन्छ ।
रमेशले त्यो बेला लेखेको गीत बजारमा आएपछि सामाजिक बिषयबस्तुलाई आधार बनाएर गीत लेख्ने होडबाजी नै चल्यो । नेपालमा पछिल्लो समय रमेशको शैलि पछ्याएर राजनीतिमा समावेशिकरण, बाटाघाटा निमार्ण र नुन तथा लत्ताकपडाको प्रसंगका धेरै गीत बनेका छन् । खासगरि देशको कर्णाली प्रदेश जुन विकासका गतिविधीमा पछि परेको, भौगोलिक विकटताले मानिसको जीवन कष्टकर भएकोमा धेरै गीत बनेका छन् ।
रमेश पछिल्लो समयमा पनि सामाजिक विषयबस्तुमा आधारित गीत लेख्छन् । केही समय अघिमात्रै बजारमा आएको छाउपडी गीत यसको उदाहरण हो । यस गीतले पश्चिम नेपालका विभिन्न बस्तीहरुमा महिलालाई रजस्वला हुँदा घरभित्र बस्न नदिने, मीठो मसिनो खान नदिने संस्कारलाई उजागर गरेको छ । यो गीत बजारमा आउन लाग्दै गर्दा धेरै प्रकारका टीका टिप्पणी समेत भएको थियो । एकथरी मानिसहरु जसले छाउपडी प्रथालाई मान्दछन् तीनीहरुबाट नकारात्मक टिप्पणी भएता पनि छाउपडीको निर्मुल गर्न चाहने सचेत जनताबाट यो गीतलाई प्रसंसा गरेको देखियो ।

आलोचना हुने डर र त्रासका कारणले छाउपडीको विरुद्धमा गीत लेख्न डराउनेहरु समेत रमेशले गीत लेखेर बजारमा ल्याएपछि उत्साहित भएको देखिन्छ । भने गीतको प्रभावले समाजमा चेतना फैलिएको, महिलाहरुमा छाउपडी केवल एउटा सामाजिक कुसंस्कार भात्रै भएकोले यसलाई त्याग्न पर्नेमा ऐक्यवद्धता देखिएको छ । सामाजिक परिवर्तन एक क्षेणमा हुने विषयवस्तु हैन । सामाजिक समस्याहरु समाधान हुन लामो समय लाग्ने गर्छ । यो प्रकृयामा एउटै गीतले सबै गर्न सक्छ भन्ने पनि हैन तर रमेशले लेखेका केही गीतले उल्लेख्य प्रभाव परेकोमा धेरै ठूलो संख्यामा मानिसहरु स्विकार्छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..