काभ्रेपलान्चोक – अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ । रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।

अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रै कमाई सुरु गरेको छ । सूर्यवंशीलाई भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ । विदेशमा यसलाई १३ सयभन्दा बढी स्क्रिनमा देखाइँदैछ । रोहित शेट्टीको चलचित्रमा अक्षय र कटरिनाको साथै रणवीर सिंह र अजय देवगनको भूमिका पनि रहेको छ । त्यस्तै, गुलशन ग्रोवर, सिकंदर खेर, अभिमन्यु सिंह र जावेद जाफरीको पनि चलचित्रमा भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..