३ वटा स बोकेर धुलिखेल खानेपानी निर्वाचनमा राजकुमार तखाछेँको अध्यक्ष पदमा उम्मेदवारी

धुलिखेल खानेपानी निर्वाचनमा राजकुमार तखाछेँ अध्यक्ष पदका उम्मेदवार

धुलिखेल । यही भाद्र ६ गते हुने धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार तखाछेँले आफूलाई टेलिफोन चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन उपभोक्ताहरूसँग अपिल गर्नुभएको छ।

बिज्ञापन

खानेपानी क्षेत्रमा लामो समयदेखि सक्रिय तखाछेँले २०६६ सालमा उपाध्यक्ष तथा २०७० सालमा अध्यक्ष भएर समितिमा काम गरिसक्नुभएको अनुभव रहेको बताइएको छ।

खानेपानी प्रणालीका चुनौती, समस्या तथा सम्भावनाबारे जानकार, मेहनती, लगनशील, अनुभवी र क्रियाशील युवा नेतृत्वका रूपमा तखाछेँलाई प्रस्तुत गरिएको छ। खानेपानीको दिगो व्यवस्थापन, सेवा सुधार तथा उपभोक्ताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

निर्वाचन नजिकिँदै गर्दा तखाछेँको पक्षमा प्रचारप्रसार तीव्र पारिएको छ। उहाँका समर्थकहरूले “टेलिफोन चिन्हमा मतदान गरौँ, राजकुमार तखाछेँलाई अत्याधिक बहुमतले विजयी गराऔँ” भन्ने नारासहित मत मागिरहेका छन्।

तखाछेँले ‘समस्या, समाधान र सञ्चालन’ लाई आफ्नो मूल नारा बनाएका छन्। उनका अनुसार खानेपानीको पुरानो पाइप चुहावट रोक्ने, पानीको कमी भएको क्षेत्रमा नयाँ मुहान खोज्ने तथा धुलिखेलका नागरिकलाई खानेपानीको अभाव हुन नदिने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।