नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । आजको दिन राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाउने गरेका छन् । भने अन्यले दहि चिउरा खायर कार्यक्रम गर्ने गरेको पाइन्छ । नेपाली समाजमा ...