काभ्रेपलान्चोक – देश कै नमुना सामुदायिक सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरूको बिश्वास टुट्न नदिने प्रतिबद्दता व्यक्त गरेको छ । हिजो प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले कसैलाई भ्रममा नपर्न अनुरोध गरेको छ ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिले बिगत ३१ बर्ष देखि आफ्ना सम्पुर्ण बचतकर्ता र सेयर सदस्यहरूको विश्वास जित्न सफल रहेको र अबको दिनहरूमा पनि भरोसा टुट्न नदिने प्रतिबद्दता व्यक्त गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा रहेको यस संस्थाको केहि कर्मचारिहरूले संस्थाको रकम कानुन र निति बिपरित आफ्ना आफन्तलाई लोन बनाई आफु जिम्मेवारी बसि स्वयम् आफैले चलाएको पाईएपछी तुरुन्तै कार्वाही गरिएको छ ।
पनौती नगरपालिकाको नै शान रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले समाजमा उदाहरणीय काम गर्दै आएको छ । दुई चार जना खराव कर्मचारीको कारण सामुदायिक सहकारीलाई नराम्रो भन्न मिल्दैन । यस संस्थाले निम्न वर्ग लाई जन्म देखी मृत्यु सम्म साथ दिने गरेको छ ।
कर्मचारीले संस्थाको पैसा दुरुपयोग गरेको कुरा थाह पाउने बितिकै जनताको पैसा हिनामिना नहोस भनि संस्थाले सोहि कर्मचारी बाट रकमको साँवा र ब्याज समेत असुल उपर गरि सुरक्षित गराएको संस्थाले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।
संस्थाले चाहे भुकम्पमा होस्, चाहे बाढि पहिरो होस्, जसो सुकै बिपत्तिमा पनि सदस्यहरुलाई सहयोग गर्दै आएको यस सामुदायिक सहकारी संस्था जिल्ला कै उत्कृष्ट सहकारी संस्था हो।
संस्थाले पहिलो प्राथमिकता जनताको पैसा सुरक्षित गराउनु थियो गराएका छौ र उक्त ब्यक्तिहरूलाई निलम्बन गरि अझै अरू छानबीन समेत भैरहेको छ । छानबीन पछि उनिहरूलाई कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउने जनाएको छ ।
