सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने
काठमाडौं । 'नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क शहरको मेलरोज बलरुममा २०२४ सेप्टेम्बर १५ तारिखमा हुने अवार्डको मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताउनु भएको छ । सेप्टेम्बर २८ मा आयोजना गरिने भनेर घोषणा गरिएको उक्त अवार्ड कार्यक्रम प्राबिधिक कारणले ग...