जेन-जी आन्दोलनमा घुसपैठ गरेर ध्वंस मच्चाउनेलाई कडा कारबाही हुन्छ : आईजीपी खापुङ

 

नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेन-जी आन्दोलनका समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने सबैलाई कारबाही हुने बताएका छन् ।

बिज्ञापन

आन्दोलनको समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने कार्यमा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो र अन्य फुटेजसहितका प्रमाणका आधारमा कारबाही हुने उनले बताए। त्यस्ता फोटो वा भिडियो पठाएर प्रहरीलाई सहयोग गर्न पनि उनले अपिल गरे ।

कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनपछि बोल्दै महानिरीक्षक खापुङले यस्तो बताएका हुन्। ‘जेन-जी आन्दोलनको एउटै स्पष्ट सन्देश भनेको भ्रष्टाचारमुक्त नेपाल हो,’ उनले भने, ‘यसलाई सबैले आत्मसात् गरेर अघि बढ्नुपर्छ ।