



काभ्रेपलाञ्चोक, असोज २८ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण गरेका छन्।


असोज २८ गते गरिएको सो निरीक्षणका क्रममा पाण्डेयले कार्यालयअन्तर्गतका सम्पूर्ण शाखाहरूमा भइरहेको कामकारवाही र अभिलेखीकरण प्रक्रिया हेरेका थिए। निरीक्षणपछि उनले ट्राफिक प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक ट्राफिक व्यवस्थापन कार्यमा जुट्न निर्देशन दिएका छन्।

उनले सवारीसाधन नियन्त्रण, सडक सुरक्षाको सुनिश्चितता, र सेवाप्रवाहमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने ट्राफिक प्रहरीहरूलाई अनुशासित र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु शाखा प्रमुखहरू, ट्राफिक प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरिएको थियो।