
काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट ट्राफिक प्रहरी परिसर, भक्तपुरमा सरुवा हुनुभएका प्रहरी निरीक्षक झरना सोनारलाई आज प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्राम शाहको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।


सोही कार्यक्रममा प्रमुख अतिथिले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।


साथै बिदाई भई जानु भएकी प्रहरी निरीक्षक झरना सोनारले आफ्नो बिदाई मन्तव्यको क्रममा प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदिक्ष्य र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।



