प्रभाग पुनर्निर्माणको उद्घाटनमा एआईजी कार्कीको भनाइ : “अब रगत होइन, पसिना बगाउने समय”

 

ललितपुर — जेनजी आन्दोलनका क्रममा क्षति पुगेको बुंगमती र भैँसेपाटी प्रहरी प्रभागको पुनर्निर्मित भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले अब देशमा रगत होइन, मेहनतको पसिना बगाउने समय आएको बताए ।

बिज्ञापन

उनले राम्रा र असल मानिसको मौनताले खराबलाई प्रसय पाउने भन्दै सबैले सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिए । सार्वजनिक सम्पत्तिको क्षतिलाई दुःखद् बताउँदै कार्कीले दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कमी नहुने बताए ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शान्तिपूर्ण समाज निर्माणमा यो कार्य महत्वपूर्ण रहेको बताए ।