उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज देखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

काभ्रेपलान्चोक – मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरुलाई ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन भएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन निम्न अनुसारको कक्षा संचालन हुनेछन् ।
१:- ०९:०० देखि १०:०० बजेसम्म
२:- १०:३० देखि ११:३० बजेसम्म
३:- १२:०० देखि १३:०० बजेसम्म
४:- १३:३० देखि १४:३० बजेसम्म
५:- १५:०० देखि १६:०० बजेसम्म
नोट :- शुक्रबार १४:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ ।

बिज्ञापन