महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास
राप्ती ,जेठ २१ - चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ।
शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए ।
विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले ब...