



काभ्रेपलाञ्चोक । हालै आन्दोलनका क्रममा बनेपास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाटका घटनाले ठूलो क्षति पुर्याएको छ। कार्यालयका अनुसार प्रहरी कर्मचारीको पोशाक, व्यक्तिगत सामग्री, कार्यालयका कागजात, अभिलेख, उपकरणसहित कर्मचारी तथा सर्वसाधारणका सवारी साधनमा समेत क्षति पुगेको छ।


यस घटनाका कारण केही दिन सेवाग्राही तथा ट्राफिक व्यवस्थापनमा असुविधा भएको भन्दै प्रहरी पक्षले क्षमायाचना गरेको छ। हाल भने उच्च मनोबलका साथ कार्यालयले पुनः सेवा सञ्चालन गरिसकेको जनाएको छ।

कार्यालयले तोडफोडपछि सुरक्षाको कारण वा अन्य उद्देश्यले लैजाने क्रममा रहेका सामग्रीहरू अझै फिर्ता नभएकाले छिटोभन्दा छिटो ल्याइदिन अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
सम्पर्कका लागि ९८५११२३८०४ नम्बर सार्वजनिक गरिएको छ।
त्यसैगरी, कार्यालय पुनःस्थापनाका क्रममा सहयोग, समन्वय र सद्भाव प्रकट गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी र प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरिएको छ।