घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रधानमन्त्री निर्देशन

घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रधानमन्त्री निर्देशन
काभ्रेपलान्चोक - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिन...

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
काभ्रेपलान्चोक - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गरेको हो । सो आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो भने आजको मन्त्रिपरिषद्को बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको छ । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने उदेश्यले आयोग गठन गरेको थियो  ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार १ सय ९५ जनाले ज्यान गुमाईसकेका छन् । हाल भारतमा ४ लाख ४ हजार ९ सय ५८ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ८ सय ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको ...

मेलम्चीमा आएको बाढिले थप सात घर बगायो

मेलम्चीमा आएको बाढिले थप सात घर बगायो
काभ्रेपलान्चोक - हिजो मेलम्ची खोलामा आएको निरन्तरको बाढीले मेलम्ची–११ का सात घर बगाएको प्रहरीले जानकारी दिएको छ । असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जा...

इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पुल जोखिममा

इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पुल जोखिममा
काभ्रेपलान्चोक - इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पक्की पुल उच्च जोखिममा परेको छ। पुलको माथिल्लो भागसम्म नै लेदो माटो जमेको छ । हेलम्बुको भ्रेमाथाङबाट निरन्तर खसिरहेको पहिरोले पुललाई धक्का दिएको छ ।  

समाचार यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी

समाचार यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी
१ बिहानको नास्ता नखाने बानी: बिहान समयमै नास्ता नलीदा लामो समय सम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ। यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन्। २. औधि प्रतिक्रियात्मक हुनु : साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन। ३. धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवन: यस्ता पदार्थ...

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काभ्रेपलान्चोक - आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान शाखाले जानकारी दिएको छ । जानकारी अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदुरपश...

खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
जानुका राई, श्रावण १६, २०७८ का दिन भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरियो । संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको संस्थागत सक्...

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाको समन्वयमा नगर भित्र मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई आज राहत वितरण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा पाँचखालमा रहेका आर्थिक अवस्था कमजोर भएका तथा मानसिक स्वास्थ्य उपचारमा रहेका ५२ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले राहत ...

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काभ्रेपलान्चोक - पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण,कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम,प्राप्त सशस्त्...