काभ्रेपलान्चोक – आज बनेपा नगरपालिका वडा नं. २ मा नेकपा एमालेले डुडाँमुख टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बनेपा नगर कमिटिका अध्यक्ष एवम् युवा नेता रत्नकुश रंन्जितले कार्यक्रममा बोल्दै आफ्नो टोललाई नै एमाले मय बनाउँन निर्देशन दिएका छन् । उनले स्थानिय चुनाव केन्द्रीत परिचालन हुन टोल कमिटि र वडा कमिटिलाई निर्देशन दिएका हुन् ।
उता कार्यक्रमका विशेष अतिथि नेकपा एमाले बनेपा नगर कमिटिका उपाध्यक्ष नवराज मानन्धरले स्थानिय चुनावलाई केन्द्रीत गाउँ टोलबाट हाम्रो प्रतिस्पर्धी पार्टीका व्यक्ति तथा न्युटल माशलाई नेकपा एमालेमा प्रवेश गराउनको लागि टोल टोल गाउँ गाउँमा जान निर्देशन दिएका छन् ।

वडा नं. २ को टोल कमिटि गठन कार्यक्रममा केही व्यक्तिले पार्टी प्रवेश गरेका थिए । अध्यक्षमा कृष्ण प्रसाद गौतम सहित २१ सदस्यीय टोल कमिटि गठन भएको छ ।


नेकपा एमाले बनेपा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सालिकराम घिमिरेको सभापतित्व, कार्यपालिका सदस्य इन्दिरा बोगटी, नगर सदस्य बेद प्रसाद घिमिरे, उद्घव गिरी, अनेरास्वबियु जिल्ला कमिटि सदस्य सबिन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ ।नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly