समारोहका प्रमुख अतिथि पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फबाट संस्थाका प्रमुख टेकराज पाण्डेले संयुक्त रूपमा दोसल्ला तथा सम्मान-पत्रले झालाई सम्मानित गर्नुभएको थियो ।

कोरियोग्राफर अश्विनीले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोगाफीमार्फत नेपाली समाजमा रहेका प्रतिभालाई विभिन्न प्रतियोगितामा आफ्नो प्रशिक्षणले यस क्षेत्रमा कुशल तथा अव्बल नागरिक उत्पादनगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल हुनुभएको छ ।

उहाँले कोरियोग्राफीमार्फत समाजमा विद्यमान विसंगतीलाई प्रहार गरी विभिन्न प्रतियोगितामा सामाजिक मुद्दालाई समेत उजागर गरी उच्च प्राथमिकताका आवाज उठाउने गर्नुभएको छ । नेपाली सौन्दर्य प्रतियोगितालगायत फेशन विधामा स्थापित झा डेढ दशकदेखि क्रियाशील रही पु¥याएको योगदानको कदर स्वरूप दक्ष इन्टरनेसनलले सम्मानित गर्न पाउँदा खुशी लागेको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले बताउनुभयो ।

नेपाली कला क्षेत्रमा कोरियोग्राफीका माध्यमले पुर्‍याएको योगदनलाई कदर गर्दै युवा मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित कोरियोग्राफर अश्विनीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ ।

सम्मान ग्रहण गर्दै कोरियोग्राफर झाले आयोजक संस्थालाई धन्यवाद दिँदै नेपाली कला संस्कृतिलाई अझ उचाइमा पु¥याउन निरन्तर क्रियाशील रही सौन्दर्य प्रतियोगिता तथा फेशन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा आफ्नो योगदान रहने र यस्ता सम्मानले आफ्नो कर्ममा अझै दत्तचित्त भएर अघि बढन हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा कोरियोग्राफर अश्विनी झालगायत हाँस्य अभिनेता प्रेम पाण्डे, अभिनेता उत्तम केसी, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिष्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि सम्मानित गरिएको थियो ।