उनीहरूलाई सहज, छिटो र व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए ।
हालसम्म करिब एक लाख दर्शनार्थीहरुले पशुपति मन्दिरमा पूजा गरिसकेको अनुमान गरिएको उनले बताए । यस वर्ष ६ लाख दर्शनार्थीले पशुपतिको पूजा गर्ने अनुमान गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँण पनि पशुपति दर्शन गर्न गएका थिए । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति दर्शन गर्न जाने कार्यक्रम छ । अशक्तरअपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई भने लाइन नलागी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई स्वयंसेवामा खटिएका स्काउटका सदस्यले सिधै मन्दिर परिसरमा लैजाने व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रको भिड व्यवस्थापन गर्न र सुरक्षा प्रवन्ध मिलाउन प्रहरी, स्काउटका स्वयंसेवक, सादा पोशाकका सुरक्षाकर्मी लगायतका टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षकको कमाण्डमा ११ स्थानमा सब- कमाण्ड पोष्ट स्थापना गरी तीर्थयात्रीको सुरक्षा व्यवस्थापन मिलाइएको कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिलाई लक्षित गरी पशुपति मन्दिर क्षेत्रलाई फूलमालाले सिंगारेर आकर्षक बनाएको छ । देशका बिभिन्न स्थानदेखि भारतबाट समेत दर्शनार्थीहरु पशुपति आएका छन् । करिब ३५ सय साधुसन्त र नागाबाबाहरु पनि पशुपतिमा आएका कोषले जनाएको छ । पशुपतिमा आएका दर्शनार्थीहरुलाई हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाइएको छ ।

भिडभाड व्यवस्थापनका लागि पुरानो बानेश्वर, चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी साधन प्रवेश निषेध गरिएको छ । यसैगरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगलसम्मको बाटोबाट पनि प्रवेश निषेध गरिएको छ । धोबिखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..