गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं
जेठ १५ ।
आज १८औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भई १८ वर्ष लागेको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ ...