ओली पक्राउपछि गोकुल बास्कोटाको टिप्पणी : ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो’

काठमाडौं, चैत १४ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली समाज प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् । उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन ।पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’

बिज्ञापन