
बिज्ञापन

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन् ।


विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् ।
मतगणना जारी रहेकास्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।
जसमा रास्वपा १०२ स्थानमा अग्रता रहँदा १५ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेस ९ स्थानमा अघि छ भने ४ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले १२ स्थानमा अघि र एक स्थानमा जीत हात पारेकाे छ ।
नेकपाले ११ मा अघि र एक स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा अघि देखिएका छन् ।
यसैगरि अन्य दल २ स्थानमा अघि देखिन्छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएकाे छ ।



