अध्यक्ष विकास लामिछाने मगरलका अनुसार महांकालचौर खानेपानि आयोजनाबाट ३ विद्यालय सहित ३ सय ३२ घरधुरीमा एक घर एक खानेपानीको धारा जडान हुने छ । मंसिर १७ बाट काम शुरु भएकोमा ट्यांकीका लागि जग खन्ने काम, गिटी बालुवा व्यवस्थापनको काम र पाईपलाईनको काम भईरहेको छ ।’
२०५३ सालमा गाउँको बिचमा धारा रहेको तर अहिले घर घरमा धारा हुने मगरले बताए । यसले गर्दा खानेपानीको समस्या हल हुने उनको भनाई छ । स्थानीयहरूको समयको बचत हुने र बचत भएको समय उद्यमशीलतामा लगाउन सकिने उनले बताए ।
आयोजना सम्पन्न गर्नको लागि धमाधम काम भईरहेको लामीछाने मगरले जानकारी दिए । नेवा र गाउँपालिकाको साझेदारीमा काम भएको उनको भनाई छ । उपभोक्ताहरूले २५ प्रतिशत जनश्रमदान गर्नुपर्ने अनुसार प्रत्येक घरबाट जनश्रमदान भईरहेको उनले बताए । जनश्रमदानमा नआएमा प्रतिनिदिन एक हजारका दरले शुल्क लाग्ने छ ।
उक्त आयोजनाले ३ सय २९ घर धुरी र ३ विद्यालयको एक हजार ८ सय २९ जनसंख्या लाभान्वीत हुने लामिछानेले बताए ।
उक्त खानेपानीको मुहान बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित घ्याम्पे दहमा रहेको छ । महांकालचौरबाट खानेपानीको मुहान २ घण्टाको दूरीमा रहेको छ ।नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्था, बेथानचोक गाउँपालिका र जनश्रमदानको साझेदारीमा खानेपानी आयोजना शुरु भएको नेवाका सिनियर सहायक आयोजना निर्देशक रेशम पन्तले जानकारी दिए । आयोजना सम्पन्न गर्न एक करोड ७९ लाख २५ हजार ७ सय ९९ लाग्ने छ । त्यसमा नेवाले ९१ लाख ९४ हजार ४ सय १, गाउँपालिकाले ४३ लाख २७ हजार ८ सय ४२ र बाँकी जनश्रमदान २२ लाख ३८ हजार ९ सय ७६ जनसमुदायको नगद २१ लाख ६४ हजार ५ सय ८० रहेको छ । –नव क्षितिज साप्ताहिकबाट