काभ्रेपलान्चोक – आज नगरप्रमुख भिम न्यौपानेले निर्माण कम्पनिका प्रतिनिधिलाई भेटेर कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । असार र साउन महिनामा पानी धेरै परेको हुनाले पिच केही महिना रोकिएको थियो । हिजो आज केही दिन देखि बर्षा कम भएकोले कम्पनीका प्रतिनिधि लाई भेटेर प्रमुख न्यौपानेले निर्देशन दिनु भएको छ । अबको केही महिनामा नै बाटो पिच गर्ने निर्देशन दिनु भएको हो ।

नगरप्रमुख भिम न्यौपानेले भन्नू भयो “बर्षा कम भएको छ। कामलाई तीव्रता दिनुहोस् । अब कुनै पनि बाहानामा कामको ढिलासुस्ती स्वीकार्य हुँदैन । काम छिटो गर्नु भन्नुको मतलब गुणस्तरहिन होस् भन्न खोजेको होईन ।”

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..