अनेमा संघ बनेपाको अध्यक्षमा समिता थापा

काभ्रेपलान्चोक – अखिल नेपाल महिला संघ (अ.ने.म.सं) बनेपा नगर कमिटीको दोश्रो नगर अधिवेशन पुर्व मन्त्री एवम् नेकपा एमालेका पोलिट्व्युरो सदस्य माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

अधिवेशन बाट अध्यक्षमा समिता थापा, उपाध्यक्षमा कमला अवाल, सचीवमा ज्योती बोगटी, उप-सचीवमा कबिता थापा, कोषाध्यक्षमा यशोदा शर्मा निर्वाचित भएका छन् । सम्मेलनले थापाको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।

बिज्ञापन

त्यस्तै गरि सदस्यहरुमा कमला लामिछाने, रिना श्रेष्ठ, पार्वती घिमिरे, जमुना घिमिरे, रामप्यारी दाहाल, ईश्वरि दाहाल, सुर्य माया श्रेष्ठ, सीता पराजुली, ज्ञानु मिजार, लिला कार्की, संगिता बौदार, गोपिनी हुमागाइ, सकुन्तला बन्जरा, लक्ष्मी श्रेष्ठ, सावित्री मानन्धर, सिंजा रंजितकार, दुर्गा कार्की, पुजा डङ्गोल, विन्दा मानन्धर, शुशिला खड्का, सुनिता दाहाल, दुर्गा थापा, रोजिना रावत, गंगा शर्मा, सुनिता सुनुवार, गोमा खत्री, पवित्रा तामाङ, अनुराधा मगर रहेका छन् ।