
काभ्रेपलान्चोक – लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान नमोबुद्ध नगरपालिकामा एक विशेष कार्यक्रममार्फत औपचारिक रूपमा सुरु भएको छ। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सम्पन्न भयो।


कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख कोमल शाह, ई.प्र.का. मंगलटारका कार्यालय प्रमुख ईश्वर कार्की, नगर उपप्रमुख रत्न बहादुर लामा, मानव अधिकारकर्मी भोजराज तिमलसिना लगायतका व्यक्तिहरूको उपस्थिति थियो।


नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू तथा महिलासहित करिब ७५–८० जना सहभागी कार्यक्रममा उपस्थित रहे।

अभियानको उद्देश्य समाजमा विद्यमान लैंगिक हिंसाबिरुद्ध सचेतना फैलाउने, पीडितको पहुँच र सुरक्षा सुनिश्चित गर्ने तथा स्थानीय तहबाट प्रभावकारी कदम चाल्ने रहेको कार्यक्रम आयोजकहरुले बताए।


