श्री महेर्शी मेही आधारभुत  विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग

बिराटनगर। राउण्ड टेवल नेपाल अन्तरगत रहेको विराटनगर सेंट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिका स्थित रहेको श्री महेर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो बिद्यालयमा शैचालय र कम्पाउन्ड वाल निर्माण गरी हस्तान्तरण गरेको बिराटनगर सेंट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयलले हिपमत डटकमलाई बताएका छन्।

राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरी सकेको छ, र तेही क्रम मा अहिले पन्ध्र लाखको सहयोग गरेको हो ,राउण्ड टेबलले हरेक वर्षा उक्त बिधालयमा सहयोग गर्दै आएको बिधालय परिवारले जानकारी दिए। राउण्ड टेबलले हाम्रो बिधालयमा अहिलेसम्म १ करोडभन्दा बढीको लगानी गरिसक्नु भएको छ र आवशयकता अनुसार हरेक बर्ष सहयोग गर्ने समेत उहाहरुले प्रतिवद्दता गर्नु भएको छ विधालयकाका प्रअ लखन राजबंशीले हिपमत डटकमलाई बताए।

बिज्ञापन

सोमबार सो विद्यालयको परिसरमा एक कार्यकमको आयोजना गरी निर्माण सम्पन्न शैचालय र कम्पाउन्ड वाल हस्तानान्तर गरेको थियो । राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर भूमा पराजूलीले संयुत्त रुपमा हस्तानान्तर गरेका थिए ।

हस्तानान्तर कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर श्रीमती भूमा पराजूली, बिद्यालयका प्रधानध्यापक, शिक्षक लगायत स्थानियहरुको उपस्थिीती रहेका थिए ।