काभ्रेपलान्चोक –  पनौती नगरपालिका वडा नं. ३ कुशादेवी घिमिरेगाँउमा एक घर एक खानेपानीको कार्यक्रम सम्पन्नभएको छ । नगरप्रमुख भिम न्यौपानेको प्रमुख अतिथित्यमा समापन कार्यक्रम सम्पन्न भएको हो। सि.आर.एस. टिम र पनौती नगरपालिकाको सहकार्यमा साे याेजना सम्पन्न भएकाे थियाे । यस खानेपानी याेजनाका कारणा नै कुशादेवीका गाँउवाशीले अब २४ घण्टै स्वस्छ खानेपानी पिउन पाउने भएका छन् । खानेपानी कार्यक्रमकाे उद्धघाटन योजना हस्तान्तरण तथा सार्वजानिक लेखा परिक्षण समारोह कार्यक्रममा मेयर न्यौपानेले पनौतीका नगरवाशीले आफुलाई विकास र समृद्धिको लागि जनमत दिनुभएको र आफुले त्यो जिम्मेवारीमा कहिल्यै सम्झौता नगरेको कारणले नै पनौती नगरमा गाँउ गाँउका बाटाहरु ठूला मोटरबाटो बनेको सिचाईका लागि बर्खे पानिको भर पर्ने अवस्था सकिएकाे र खानेपानीका लागि लामो दुरीसम्म धारा धाउनपर्ने झट्झट अब सक्किएको बताउनु भएको छ ।

कार्यक्रममा उपभोक्ता समितिलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका उप प्रमुख गिता बञ्जाराको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो