काभ्रे–१ मा एमाले उम्मेदवार अमित लामाको घरदैलो तिब्र, अन्य दलका नेतासमेत घर फर्किए

काभ्रे — काभ्रे निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमित लामाको घरदैलो अभियान तीव्र बन्दै गएको छ। गाउँ–गाउँ र टोल–टोलमा पुग्दै उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। अभियानका क्रममा स्थानीयवासीले उत्साहपूर्वक स्वागत गर्दै समर्थन जनाइरहेको बताइएको छ।
उम्मेदवार लामाले घरदैलो कार्यक्रममार्फत विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले जनताको सुझाव र गुनासो सुन्दै त्यसलाई कार्ययोजनामा समेट्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला कमिटी सदस्य इन्द्जीत लामा र तेमाल गाउँपालिका–४ का पार्टी अध्यक्ष धनबहादुर लामा पुनः आफ्नै घर फर्किएको घोषणा गरेका छन्। उनीहरूले एमालेमै रहेर संगठन सुदृढीकरण र चुनावी अभियानलाई सशक्त बनाउने बताएका छन्।
उम्मेदवार लामाको घरदैलो अभियानले क्षेत्र नं. १ मा चुनावी माहोल थप तातिएको छ। स्थानीय तहसम्म सक्रिय सहभागिता र कार्यकर्ताको उत्साहले आगामी निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

बिज्ञापन