काभ्रेपलान्चोक – आज शनिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे शाखा अन्तर्गत ताम्सालिङ डोजो, नमोंबुद्ध नगरपालिकामा १७ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो।

ताम्सालिङ डोजोको प्रमुख रण वहादुर तामाङको सभापतित्वमा, नेपाल कराते महासंघ काभ्रेको अध्यक्ष प्रताप वैद्य प्रमुख अतिथी रहनु भएको थियो । अतिथीहरुमा बिजय सुन्दर सैंजु कराँते प्रशिक्षक रा.खे.प, दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्ष नेपाल सितोरियो कराँते महासंघ काभ्रे, नवराज मानन्धर उपाध्यक्ष, प्रशिक्षक नेपाल सितोरियो कराँते संघ काभ्रे, श्याम सुन्दर कुवँर महासचिव नेपाल सितोरियो कराँते महासंघ काभ्रे, गौतम मानन्धर महासचिव नेपाल सितोरियो कराँते संघ काभ्रे, कबिर कुमार रंजितकार सचिव नेपाल सितोरियो कराँते संघ काभ्रे माणिक तामाङ्ग सह सचिव नेपाल सितोरियो कराँते संघ काभ्रे, दिपक पण्डित सदस्य नेपाल सितोरियो कराँते महासंघ काभ्रे, प्र. स. नि. राम शरण कोइराला इन्चार्ज श्यामपाती प्रहरी चौकी , राकेश लामा ब्लोन प्रदेश कमिटी सदस्य ने.क.पा. एमाले, अन्जना तामाङ्ग रहेका थिए ।

जसमा उत्कृष्ट खेलाडी पुरुषमा निवाङ्ग लामा, महिलामा जेल्मा छिरिङ्ग लामा घोषित भएका थिए भने प्रताप वैध र बिजय सुन्दर सैंजुले खेल सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको संचालन गौतम मानन्धरले गरेका थिए भने स्वागत मन्तव्य श्रीदास तामाङ्गले राखेका थिए । प्राविधिकमा नवराज मानन्धर, श्याम सुन्दर कुवँर, दिनेश श्रेष्ठ र कबिर कुमार रंजितकारले विशेष सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..