सुन्दरीजल । टेवा परोपकारी संस्थाको अनुदान सहयाेग, नागरिक आवाजकाे आयाेजना तथा सुनाैलाे सुन्दरीमाई कृषि महिला समाजकाे संयाेजकत्वमा सुन्दरीजलमा महिलाहरूकाे सुरक्षा र आत्मरक्षा सीप विकासका लागि आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शनिबार गाेकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलस्थित ओख्रेनी माध्यमिक विद्यालयमा २५ जना महिलालाई सैद्धान्तिक तालिम प्रदान गरिएको थियाे । महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा महिलालाई सैद्धान्तिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो ।
महिला तथा किशोरीमाथी हुने याैनजन्य हिंसाकाे विरुद्धमा सशक्त प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउने उदेश्यले नागरिक आवाजले संचालन गरेकाे कार्यक्रममा टेवा पराेपकारी संस्थाले सहयाेग गर्दै आएकाे छ । नगर प्रमुख दिपक कुमार रिसालले यस्ता खालकाे तालिमले समाजमा महिला, बालिका तथा किशोरीमाथी हुने याैनजन्य हिंसा लगायतका हिंसाहरूकाे न्युनिकरणमा सहयाेग पुग्ने बताए । तालिममा सिकेका ज्ञान सिपलाई आगामी दिनमा पूर्ण रूपले व्यवहारमा उतार्न सहभागी महिलालाई सुझाव दिदै उनले नगरपालिकाले पनि नगरभित्र रहेका विभिन्न समुहमार्फत समुदायस्तरमा सचेतनामुलक कार्यक्रमहरू गर्दै आएकाे जानकारी दिए ।
यसरी आफ्नो नगरका महिलालाई टेवाको सहयाेगमा नागरिक आवाजले आत्मरक्षा तालिम प्रदान गर्न सफल भएकोमा दुवै संस्थालाई धन्यवाद प्रकट गर्दै नगर प्रमुख रिसालले नगरमा हुने हत्या ,हिंसथ, बलत्कार, बेतिथिकाे अन्त्य गरी नगरपालिकालाई सफा सुन्दर र हाराभार बनाउने उद्घाेष गरे ।
यस्तै, वडाध्यक्ष द्वारिका श्रेष्ठलेष्ठले शारीरिक र मांसिक रुपमा सक्रिय हुनुले महिलालाई आत्मरक्षामा सहयोग पुग्ने बताउँदै महिलालाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न अनुरोध गरे । तालिमले महिलालाई आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाएकाले आगामी दिनमा सिकेकाे ज्ञानलाई व्यवहारमा लागू गर्नका साथै सामाजिक सञ्जाल चलाउँदा विषेश ध्यान दिन आग्रह गरे । वडाका महिलाहरूका लागि आत्मबल प्रदान गर्ने अवसर प्रदान गरेकाेमा टेवा र नागरिक आवज संस्थालाई वडाध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरे ।
तालिममा महिलाले सार्वजनिक सवारीसाधन, कार्यालयलगायत सार्वजनिक क्षेत्रमा हुनसक्ने महिला हिंसाका क्रममा आत्मरक्षा गर्ने विधिबारे प्रशिक्षक सुरज सुनवारले सहजिकरण गरेका थिए । तालिममा विना हातहतियार हात खुट्टाको मद्दतमा बलभन्दा बुद्धिको प्रयोग गरी आफूमाथि हुने हिंसा र हमलाको प्रतिकार गरी सुरक्षित हुने विधिबारे ज्ञान दिइएको थियाे ।
तालिमकाे समापन गर्दै नागरिक आवाजकी अध्यक्ष रिता रानामगरले तालिमले खासगरी विधि, प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक रुपले तयार रहन तालिमको आयोजना गरिएको बताइन् । महिलाहरु अब समाजमा एक्लै लड्न सक्नेगरि साहसी भएको समेत बताउँदै तालिमहरुले महिलाहरुमा आत्मविश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने उनकाे विश्वास छ ।
टेवा पराेपकारी संस्थाकाे सहयोगमा यसरी महिलाहरूका लागि आत्मरक्षा तालिम आयोजना गर्न पाउँदा अत्यन्तै खुशी महशुस भएको बताउँदै अध्यक्ष रानामगले महिला हिंसाविरुद्ध महिलालाई तालिम दिई कार्य क्षेत्रमा पठाउँदा थप प्रभावकारी हुने भएकाले टेवा संस्थालाई विशेष धन्यवाद व्यक्त गरिन् । साथै कार्यक्रमका लागि हल उपलब्ध गराईदिनुभएकाेमा विद्यालय परिवार, आफ्नो व्यस्तताका बावजुत पनि उपस्थित भई कार्यक्रमकाे शाेभा बढाईदिनुभएकाेमा नगर प्रमुख रिसाल, वडाध्यक्ष श्रेष्ठ, उपस्थिति अतिथिहरू,सल्लाहकार, संस्थाका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरिन् ।

आत्मविश्वासको कमीले गर्दा महिलाहरु हिंसा, बलात्कारदेखि अपहरणसम्म हुने घटना बढेकाले महिलाहरुमा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि सिकाउन विज्ञ र विशेषज्ञहरुलाई समेत उपस्थित गराएर महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिदै आएकाे नागरिक आवाजले मुलुकका विभिन्न जिल्लाका विकट बस्तीहरूमा समेत यस्ता खाले तालिमहरू सञ्चालन गर्दै जाने बताएको छ । यसअघि बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा टेवा कै सहयाेगमा आत्मरक्षा तालिम सम्पन्न गरिएको आयोजक संस्थाले बताएको छ ।
सुनाैलाे सुन्दरीमाइ कृषि महिला समुहकी अध्यक्ष अस्मिता खत्रीले संचालन गरेकाे कार्यक्रममा सुन्दरीजल प्रहरी प्रभागका सहिसाब ज्ञानबहादुर पराजुली, सुन्दरीजल शिवपुरी मध्यवर्ती उपभोक्ता समिति १ नम्बर इलाका सदस्य ऋषिराम खत्री,ओख्रेनी माध्यमिक विद्यालयका शिक्षक दुर्बल घिमिरे, मानव अधिकारकर्मी मञ्जु अधिकारी, सल्लाहकार राखेन्द्र थिङ, रूपेश थापा, रिखी खत्री, ज्ञानप्रसाद पराजुली, पत्रकार एवं सामाजिक अभियान्ता मायालु लामा, नागारिक आवाज संस्थाका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..