लोक, आधुनिक, तामाङ सेलो, लगायत हर धारका गीत हरु अत्यन्त न्याय पूर्ण तवरले गाउन सक्ने गायक किर्तीमान तामाङसँग दिनेश भण्डारीले गरेको छोटो कुराकानी :

० आज भोलि के मा ब्यस्त हुनुन्छ ?
निरन्तर आफ्नो कर्म गर्दै छु गीत संगित र कहिले रेकर्डिङ कहिले कार्यक्रमहरुमै ब्यस्त छु ।

० गीत सगीतको अलवा के गर्नु हुन्छ ?
पहिलो प्राथमिकता भनेको गीत सगीत नै हो त्यही भएर गीत सगीतमै बढी समय ब्यतित रहन्छु त्यस्को अलवा बाकी रहेको समय सानोतिनो ब्यवसाय गर्ने गर्छु ।

० गीत सगीतको यात्रा कसरी सुरु भयो ?
गाउनत म सानै देखि मैले थहा नपाउने देखिनै गाउने गरेको थिएँ रे ! तर गीतसङ्गित मै लाग्छु भनेर भबिश्यको योजना त खासै बनाएको थिएन यतिकै हिड्दै जाने क्रममा स्कुल पढने बेलादेखि नै राम्रो गाउँछौँ भन्दैथियो यसै क्रममा उच्च शिक्षाको लागि काठमाडौं आए पढाइ सङ्गसगै यतिकै लहि लहिमै दाईले सङ्गीत (गायन) कक्षा मा भर्ना गर्दिनु भयो त्यस देखि गीत सगीतमा निरन्तर लागियो र अहिले सम्म लागिराछु ।

० तपाईं लाई गीतसङीत कस्तो होस जस्तो लाग्छ ।
नेपाल कला संस्कृतिले भरिपुर्ण देश हो त्यसकारण हाम्रो गीत संगीत यस्तो होसकी हाम्रो मौलिकता लाई बचाई राख्ने मौलिकता झल्किने खालको र सङ्ग सङ्गै अहिलेको पुस्तालाइ सुहाउदो सवैलाई समेट्ने खाल्को होस जस्तो लाग्छ ।

० गीत सगीत लाई आम्दानिको श्रोत बनाउन सकिन्छ ?
मेरो बिचारमा अहिलेको परिस्थितिमा गीत संगीतबाट आम्दानिको स्रोत भन्दा पनी सन्देश मुलक जनचेतना मुलक गीतहरु बनाएर अभियानको रुपमा अगाडि बढेको राम्रो होला जस्तो लाग्छ । तर पनि मुख्य पेशा नै गीत संगीतमा भको कारणले आम्दानिको स्रोत भन्दापनी आफ्नो जिबिकोपार्जन चाहिँ सहज रुपमा चल्न सकिन्छ ।

० के कलाकारहरु गीतसगीत क्षेत्रबाट नै बाच्न सक्छन जस्तो लाग्छ ?
पहिला पहिलाको तुलनामा अहिलेको परिस्थितिमा अलि जटिल नै छ तर निरन्तर आफ्नो कर्म गरिरहेको खण्डमा अबस्य पनि सकिन्छ ।

० नेपाली गीत सगीत क्षेत्रमा धेरै बिकृती आएका छन यसलाई कसरी लिनुहुन्छ ?
हो अबस्य पनि बिकृती छ । बिकृती आउनु भनेको नेपाली गीतसगीत क्षेत्रलाई निगरानिमा राख्ने कुनै त्यस्तो संघसस्था नभएर होकि अथवा निगरानी राख्ने सरकारी निकाय नभए पछि आफ्नो सस्कार संस्कृतिलाई आफ्नो मौलिकता लाई आफ्नो पहिचानलाई भुलेर पश्चिमा देशाहरुको गीत संगीतलाई बढी प्राथमिकता दिएको कारण नेपाली गीतसगीतमा बिकृती आएको छ ।

० विशेष लाइभ दोहोरिमा आएको नकारात्मक शब्द सगीतले हाम्रो समाजलाई कस्तो सन्देश जान्छ ?
अहिलेको लाइभ दोहोरीमा प्रयोग हुने शब्द र र्याप गीतमा प्रयोग हुने शब्द उस्ता उस्तै हुन जस्ले जस्तो शब्द प्रयोग गरेनी हुने त्यस कारण दोहोरी गीतकोे आफ्नोपन र मौलिकता ह्रास हुँदै गएको छ ।

० कस्को प्रेरणाले गीत सगीतको क्षेत्रमा लाग्नु भयो?
मेरो बुवा पनि हाम्रो पश्चिमेली तामाङ समुदायको लोपोन्मुख भाकाहरु अहिले पनि गाउनु हुन्छ तरपनी छोराहरु पनि गीत सङ्गीत मै लागुन भन्नेत छदै थिएन । तर मेरो एकजना दाइ हुनुन्छ उहाँ म भन्दानी बढि गीतसगीत प्रती मोह राख्नु हुन्छ त्यसकारणले पनि होला उहाले मैले गाएको सुनेर संगीत कक्षामा भर्ना गर्दिनु भयो त्यसकारण मत भन्छु मत मेरो दाईकै प्रेरणाले गीत सगीतमा लागेको ।

० यस क्षेत्रमा लाग्नको लागि तपाईलाई घर परिबारबाट कतिको साथ सहयोग मिलेको छ ? पछि गएर के गर्ने योजना बनाउनु भएको छ ?
सुरु सुरुमा त घर परिबारबाट त्यती धेरै सन्तोश जनक साथ सहयोग मिलेको थिएन उहाहरुको चाहाना गीत संगीत क्षेत्रमा नलागुन भन्ने नै थियो तर पनि म निरन्तर लागिनै रहे त्यस कारण अहिले पछिल्लो समय घरपरिवार पनि साथ सहयोग सरसल्लाह सुझाब दिनु हुन्छ । पछि गएर गीत संगीत मै लागिरहने अजर अमर गीतहरु गाएर आफ्नो जीवन नै गीत सगीतमा समर्पित गर्नेछु ।

० तपाईको सबै भन्दा चर्चामा रहेको गीत कुन हो ? कुन गीतबाट तपाईं गायक हो भनेर चिनिन सफल हुनुभयो ?
मेरो छनत नेपाली गीतहरु पनी टन्नै छ पहिलो रेकर्डिङ भाको गीतपनी नेपाली नै हो तर पनि मेरो सबै भन्दा बढी चलेको गीत तामाङ म्हेन्दोमाया गीत वाला वाला ग्रम्बरी भन्ने हो यहि गीतबाट नै सबै भन्दा बढी चर्चा पायो र मलाई गायक हो भनेर चिनिन सफल भयो ।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
नेपालि मौलीक र स्तरीय गीत संगित लाई सधैं साथ सपोर्ट गर्नुहोस् ताकि नयाँ नयाँ उत्कृस्ट श्रृजनाको लागि बास्तबिक कलाकारको मनोबल उच्च होस र मेरो केहि छोटा मिठा साङ्गीतिक भनाईहरु राख्ने स्थान दिनु भएकोमा तपाइँ लगायत तपाईं को सम्पुर्ण मिडियाको साथिहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।