पब्लिक–प्रहरी साझेदारीको सुन्दर उदाहरण : नयाँ बानेश्वर प्रहरीवृत्त पुनर्निर्माणका लागि सहयोग

 

काठमाडौं — “प्रहरीवृत्त बानेश्वर हामी बनाउँछौँ” अभियानअन्तर्गत बानेश्वर क्षेत्रका स्थानीयवासीहरूले प्रहरीवृत्त पुनर्निर्माणका लागि उल्लेखनीय पहल थालेका छन्। भदौ २४ गतेको विध्वंसमा क्षतिग्रस्त बनेको प्रहरीवृत्त पुनर्निर्माणका लागि हालसम्म करिब ३० लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ।

बिज्ञापन

यसै नेता रबिन्द्र मिश्रले प्रहरीवृत्तका लागि ५० हजार सहयोग प्रदान गरिएको छ। उक्त सहयोग शुभेच्छुकहरूका तर्फबाट प्रदान गरिएको हो।

प्रहरीवृत्त पुनर्निर्माणको अभियानलाई स्थानीय समुदायले उत्साहपूर्वक अगाडि बढाइरहेका छन्। प्रहरीवृत्त बानेश्वरका प्रमुख हरि खतिवडाले “यो अभियान पब्लिक–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण हो” भन्दै सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

सहयोग गर्न इच्छुक स्थानीयवासीहरूलाई अभियानमा सहभागी हुन र प्रत्यक्ष रूपमा प्रहरीवृत्त बानेश्वरमा सम्पर्क गर्न आग्रह गरिएको छ।