काभ्रे : नेकपा एमालेको पकड क्षेत्र मानिएको जिल्लाको पनौती नगरपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । पनौती नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस बिजयी भएको छ ।

नेपालीका उम्मेदवार राशरण भण्डारी नगर प्रमुखमा बिजयी भएका छन् । नगरको उप–प्रमुखमा भने एमालेले नै जितेको छ। नेकपा एमालेकी उम्मेदवार गीत बञ्जारा नगरको उप–प्रमुखमा बिजयी भएकी छिन् ।

नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले नेकपा एमालेका उम्मेदवार भिम न्यौपानेलाई २२ सय ६७ मतले पराजित गरेका हुन् । कुल कसेको मतमा भण्डारीले १४ हजार ५० मत प्राप्त गरेका थिए भने न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरेका थिए ।

यस्तै, नगरको उप–प्रमुखमा नेकपा एमालेकी उम्मेदवार बन्जाराले नेकपा एकीकृत समजवादीका छविलाल हुमागाईंलाई १९ सय ४९ मतले पराजित गरेकी हुन्। बन्जाराले १२ हजार ३ सय ३७ मत प्राप्त गर्दा हुमागाईंले १० हजार ३ सय ३८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..